Logo

१२ कात्र्तिक, काठमाडौं । साताको मध्यदिन बुधबार नेपाली सुनचाँदी बजारले दुई महत्त्वपूर्ण धातुको मूल्यमा विपरीत प्रवृत्ति देखाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा ठूलो गिरावट आएको छ, जबकि चाँदीको मूल्य भने बढेको छ । लगानीकर्ता र उपभोक्ताका लागि खुसीको खबर बनेर आएको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३६ हजार ३ सय रुपैयाँमा झरेको छ । यो गिरावटले केही राहत दिए पनि असोज ३१ गते कायम भएको प्रतितोला २ लाख ५८ हजार रुपैयाँको उच्चतम मूल्यको रेकर्ड भने हालसम्मकै सबैभन्दा महँगो बिन्दुको रूपमा सुरक्षित छ । यसबीच, अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३९५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

चाँदीको चमक बढ्यो

सुनको भाउ घट्दा पनि चाँदीको मूल्यमा भने उकालो लागेको छ । प्रतितोला ४५ रुपैयाँले महँगो हुँदै चाँदीको भाउ आज २ हजार ९ सय ६५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो । भाउ घटेपछि सुन किन्ने तयारीमा रहेका उपभोक्ताहरूमा ठूलो खुशी ९७६५० छाएको पछिल्लो सर्वेक्षणले देखाएको छ ।


सम्बन्धित समाचार