Logo

१४ कात्तिक,काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी सरकारले तोकेको स्थानहदको बिरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शुक्रबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले रिट निवेदनमाथि सुनुवाइ गर्दै सरकारको अनुमतिबिना उपत्यका बाहिर जान नपाउने निर्णय जारी गर्ने कारण पेश गर्न सरकार र जाँचबुझ आयोगलाई आदेश दिएको छ।

रिट दर्ता गर्ने अधिवक्ता डा. प्रेमराज सिलवालले अदालतलाई पत्र बुझाउँदै, ओली र लेखकलाई स्थानहद तोक्नु कानून विपरीत हुने बताएका थिए। तर सर्वोच्चले तत्कालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै न्यायिक प्रक्रिया जारी राख्ने संकेत गरेको छ।


सम्बन्धित समाचार