Logo

१६ कात्तिक,काठमाडौं। ‘पहिला देश’ अभियानमा आवद्ध दुई प्रदर्शनकारीलाई प्रहरीले आज दिउँसो माइतीघर मण्डला क्षेत्रबाट पक्राउ गरेको छ।

डा. निकोलस भुसालको नेतृत्वमा रहेको उक्त समूहले लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिसँग सहकार्य गर्दै आज सरकारविरोधी प्रदर्शन गर्ने घोषणा गरेको थियो।

प्रदर्शनकर्ताहरू माइतीघरमा भेला भई सरकारविरुद्ध नारा लगाइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो।तर, डा. निकोलस भुसाल भने घटनास्थलमा उपस्थित थिएनन्, प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई स्थितिलाई नियन्त्रणमा राख्न सामान्य सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएको छ।यसअघि पनि भुसाल नेतृत्वको समूहले आर्थिक नीतिहरूमा सुधार र ‘जनमुखी शासन’ को माग गर्दै प्रदर्शन गर्दै आएको छ।


सम्बन्धित समाचार