Logo

१७ कात्र्तिक, काठमाडौँ । गएको दुई कारोबार दिनमा लगातार ३ हजार ४०० रुपैंयाले वृद्धि भएको सुनको मूल्य आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा दुई लाख ३९ हजार सातसय रुपैयाँ मै कायम रहेको छ । सुनको मूल्य गत शुक्रबार तोलामा २ हजार ७०० र आइतबार तोलामा ७०० रुपैंयाले बढेको थियो, जसले गर्दा दुई दिनमा कुल वृद्धि ३,४०० हुन पुगेको थियो ।

यसअघि गत साताको चार दिनको कारोबारमा सुनको मूल्य तोलामा रु। १७ हजार २०० ले घटेको थियो। समग्रमा हेर्दा, असोज १९ गतेदेखि असोज ३० गतेसम्मको १३ दिनको अवधिमा भने सुनको मूल्य तोलामा ३४ हजार ८०० को उच्च वृद्धि भएको थियो भने गत वर्षको मंसिर १० गते एकैदिन तोलामा १५ हजार ९०० ले घटेको रेकर्ड पनि थियो ।

आज सुन स्थिर रहे पनि चाँदीको मूल्य भने थोरै बढेको छ। तोलामा रु। ५ बढेर चाँदीको मूल्य आज तीन हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


सम्बन्धित समाचार