१८ कात्र्तिक, काठमाडौं । बागमती प्रदेशका पूर्वराज्यमन्त्री रजनी अमात्य जोन्छेको निधन भएको छ ।
प्रदेश सरकारका पूर्वउद्योग राज्यमन्त्री जोन्छेको आज बिहान निधन भएको हो। उनी ७७ वर्षकी थिइन् । भक्तपुर घर भएकी उनको भक्तपुरकै मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
२०६२÷६३ को लोकतान्त्रिक आन्दोलनपछि सक्रिय राजनीतिमा प्रवेश गरेकी उनी २०७४ सालमा कांग्रेसबाट भक्तपुरबाट समानुपातिक सांसद बनेकी थिइन्। पार्टी सभापति देउवानिकट जोन्छे तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारमा राज्यमन्त्री बनेकी थिइन् ।
नेपाली कांग्रेसको महासमिति सदस्यसमेत रहेकी उनी सहिद राधेश्याम जोन्छेकी श्रीमती हुन् । राजनीतिसँगै उनले राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवा, महिला सशक्तीकरण र बालशिक्षा क्षेत्रमा काम गरेकी थिइन्।
जोन्छेका तीन छोरा छन् ।
















