Logo

१८ कात्र्तिक, काठमाडौं । सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आउँदा नेप्से परिसूचक पुनः २६ सय अंकभन्दा तल झरेको छ ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेर २५९५ मा कायम भएको छ । यसका साथै बजारको कारोबार रकममा समेत कमी आएको छ। सोमबार ६ अर्ब ५ करोडको कारोबार भएकोमा आज घटेर ५ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ ।
बजारमा गिरावट आउँदा आज सबै समूहका सूचकहरू राताम्य भएका छन् ।  सबैभन्दा धेरै फाइनान्स समूहको सूचक २.२१ प्रतिशतले घट्यो । त्यसैगरी, बैंकिङ ०.६६, विकास बैंक १.४७, हाइड्रोपावर १.२१, जीवन बीमा १.४४ र निर्जीवन बीमा १.२१ प्रतिशतले घटेका छन् । आज बजारमा कुल २१३ कम्पनीको मूल्य घट्दा जम्मा ३३ कम्पनीको मूल्य मात्र बढ्न सक्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

आजबाट कारोबार सुरु भएको माबिलुङ इनर्जीको मूल्यमा भने १० प्रतिशतको सर्किट लाग्दै ३४९.४० रुपैयाँ पुग्यो। यद्यपि, आज कारोबार भएका कम्पनीहरूमध्ये मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र शिवम् सिमेन्ट शीर्ष पाँच कम्पनीमा रहे ।


सम्बन्धित समाचार