Logo

१९ कात्र्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईलाई बृहत् वाम एकता प्रक्रियामा सहभागी हुन औपचारिक प्रस्ताव गरेसँगै जसपाभित्र छलफल सुरु भएको छ ।

एकता वा मोर्चाबन्दीका लागि शीर्ष नेताहरूबाट प्रस्ताव आएको पुष्टि गर्दै अध्यक्ष राईले यस विषयमा पार्टीको एकीकृत र आधिकारिक धारणा तय गर्नका लागि केहीबेरमा बस्नेगरी काठमाडौंस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । अध्यक्ष राईले प्रचण्ड र माधव नेपालका साथै राष्ट्रिय मुक्ति पार्टीबाट समेत त्यस्तै खालका प्रस्तावहरू आएको जानकारी दिएका छन् ।  उक्त बैठकमा पार्टी एकता र मोर्चाबन्दीका लागि आएका यी प्रस्तावहरूका साथै आगामी निर्वाचनको तयारी र भदौमा भएको जेनजी आन्दोलनपछिको समसामयिक राजनीतिक अवस्थाबारे पनि गम्भीर छलफल हुने बताइएको छ ।

अध्यक्ष राईले अहिले नै कुनै प्रस्ताव स्वीकार वा अस्वीकार गर्नसक्ने अवस्था नरहेको भन्दै, ‘एक्लै जाने कि, मिलेर जाने कि, एकता गर्ने कि, मोर्चा बनाउने कि’ भन्नेबारेमा केन्द्रीय समितिको निष्कर्षअनुसार अगाडि बढ्ने प्रस्ट पारेका छन् ।


सम्बन्धित समाचार