Logo

२५ कात्र्तिक, काठमाडौं । मधेस प्रदेश सरकार गठनको विषयमा उत्पन्न भएको विवाद अब सर्वोच्च अदालतको इजलासमा प्रवेश गरेको छ ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम भएको मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दाबी गर्दै दायर भएका दुई छुट्टाछुट्टै रिट निवेदनहरूको सुनुवाइका लागि सर्वोच्च अदालतले मङ्गलबार पेसी तोकेको छ ।

यी रिटहरू न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा सुनुवाइ हुने तय भएको छ । रकीप्रसाद साह र अर्जुन साहले दायर गरेका रिटहरूमा मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाइएको छ । रिट निवेदक साहले संविधानको धारा १३३ अनुसार उत्प्रेषणको आदेश जारी गरी प्रदेश प्रमुखले गरेको मुख्यमन्त्रीको नियुक्तिलाई बदर गर्न र संवैधानिक प्रक्रियालाई अगाडि बढाउन माग गरेका छन् । यसरी मधेस प्रदेशको राजनीतिक द्वन्द्वले अब कानुनी मोड लिएको छ, जसको सुनुवाइ प्रक्रिया आजबाट सुरु हुँदैछ ।


सम्बन्धित समाचार