२५ मंसिर,काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दल दर्ता गरेका राजनीतिक दलहरूलाई आजसम्म नाम फिर्ता लिन अवसर दिएको छ। आयोगको सूचना अनुसार दलहरूले आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्ममा आवेदन फिर्ता लिन सक्नेछन्।
निर्वाचन आयोगमा हालसम्म १०० राजनीतिक दलले समानुपातिक प्रणालीका लागि आवेदन दिएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, प्राप्त आवेदनमाथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म निर्णय गरी स्वीकृति प्रदान गरिनेछ।
आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता यही मङ्सिर २१ देखि २३ गतेसम्मको समयसीमा तोकेको थियो।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् भने बाँकी ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्।















