७ माघ, काठमाडौं । पाली कांग्रेसका सभापति गगन थापाले परिस्कृत कांग्रेसको माध्यमबाट समुन्नत राष्ट्र निर्माण गर्ने संकल्प व्यक्त गर्दै आफ्नो चुनावी अभियानको औपचारिक सुरुवात गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएपछि थापाले पार्टी र देशको भविष्यका बारेमा आफ्नो धारणा स्पष्ट पार्नुभएको हो । उहाँले अहिलेको आवश्यकता कांग्रेसलाई समयसापेक्ष र थप सुदृढ बनाउनु रहेको र त्यही रूपान्तरित शक्तिले मात्रै देशको विकास र समृद्धिको नेतृत्व गर्न सक्नेमा जोड दिनुभएको छ ।
सभापति थापाको उम्मेदवारी दर्तासँगै कांग्रेसभित्र नयाँ उत्साह देखिएको छ, किनकि पार्टीले उहाँलाई आगामी ुभावी प्रधानमन्त्रीु का रूपमा अघि सारेर चुनावी मैदानमा उतारेको छ । उम्मेदवारी दर्तापछि कार्यकर्ताहरूलाई सम्बोधन गर्दै थापाले आफू केवल पदका लागि मात्र नभई देशको आर्थिक र सामाजिक अवस्थामा आमूल परिवर्तन ल्याउन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा होमिनुभएका थापालाई युवा पुस्ता र परिवर्तनकारी पक्षले उच्च महत्त्वका साथ हेरेको छ ।
कांग्रेसले यसपटकको निर्वाचनमा नयाँ भिजन र नेतृत्वको नारालाई प्राथमिकता दिएको छ । विशेष गरी गगन थापालाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्दा आम जनतामा कस्तो प्रभाव पर्छ भन्ने कुरालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । थापाले आफ्नो निर्वाचन क्षेत्र र समग्र देशको विकासका लागि परिस्कृत कांग्रेसको आवश्यकता औल्याउँदै चुनावी माहोललाई थप ऊर्जावान् बनाउनुभएको छ ।
















