७ माघ,वीरगञ्ज । पर्सा फोटोग्राफर एसोसिएसनको आयोजनामा भारतको क्यानन कम्पनीका अनुभवी प्रशिक्षकहरूद्वारा एकदिने फोटोग्राफी तथा भिडियोग्राफी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
विरगंजस्थित क्लासिक बैंक्वेट पार्टी प्यालेसमा आयोजित तालिम कार्यक्रममा करिब ७० जना फोटोग्राफर तथा भिडियोग्राफरहरूको सहभागिता रहेको थियो। तालिममा पर्सा, बारा, रौतहट, चितवन तथा भारतको रक्सौल क्षेत्रबाट आएका सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन फोटोग्राफर एसोसिएसन मधेश प्रदेशका उपाध्यक्ष ओमप्रकाश कुशवाहाले गर्नुभएको थियो। तालिमका क्रममा फोटोग्राफी तथा भिडियोग्राफीका आधुनिक प्रविधि, क्यामेरा सेटिङ, लाइटिङ, भिडियो सुटिङ तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
पर्सा फोटोग्राफर एसोसिएसनका अध्यक्ष मुकेश कुमार साहले तालिमले स्थानीय फोटोग्राफर तथा भिडियोग्राफरहरूको सीप विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा राजु मेहता, गौतम, मकसुदन, अजित, सन्तोष, देवेन्द्र, अमित, राजीव, ओम, अभिनाशलगायतको उपस्थिति रहेको थियो।
















