Logo

५ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, श्रीपुरको स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा उनले विद्यालयमा नियमित कक्षा सञ्चालनको अवस्था, विद्यार्थीहरूको उपस्थितिको स्थिति, दिवा खाजा कार्यक्रमको प्रभावकारिता तथा सरसफाइ व्यवस्थापनबारे जानकारी लिएका थिए। साथै विद्यालयको समग्र शैक्षिक वातावरण सुधारका विषयमा शिक्षक तथा विद्यालय व्यवस्थापनसँग छलफल गरेका थिए।

मेयर सिंहले शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण निर्माण तथा सरकारी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। उनले विद्यालयको भौतिक पूर्वाधार र व्यवस्थापन पक्षलाई समेत सुदृढ बनाउनुपर्नेमा जोड दिए।

सामुदायिक विद्यालयहरूको स्तर उकास्न स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै उनले शिक्षक, अभिभावक र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताए।

मेयर सिंहले शिक्षा क्षेत्रमा सुधार ल्याउन निरन्तर अनुगमनलाई प्राथमिकतामा राखिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।


सम्बन्धित समाचार