Logo

७ चैत,वीरगञ्ज ।  शुक्रबार रातभरि परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्गको कल्भर्ट मुनि जमेको पानीमा शनिबार बिहान ती महिलाको शव फेला परेको हो।

प्रहरीका अनुसार महिलाको उमेर करिब ४० वर्ष अनुमान गरिएको छ र अहिलेसम्म उनको पहिचान खुल्न सकेको छैन। शव वर्षाको पानी जमेको कल्भर्ट मुनि दाहिने भाग डुबेको अवस्थामा फेला परेको थियो। स्थानीयहरूले शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।

स्थानीय जनाएअनुसार मृतक महिला पहाडे मूलकी जस्ती देखिन्थिन् र केही समयदेखि बर्दिबास क्षेत्रमा मागीखाँदै हिँड्ने गरेकी थिइन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी विकास बमले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि बर्दिबास अस्पताल पठाइएको जानकारी दिनुभयो। उहाँले घटनाको थप विवरण र वास्तविकता बुझ्ने कार्य भइरहेको पनि बताउनुभयो।


सम्बन्धित समाचार