१८ चैत, बगदाद । इराकको राजधानी बगदादमा एक अमेरिकी स्वतन्त्र पत्रकार अपहरणमा परेका छन्। इराक र अमेरिकी अधिकारीहरूले यसमा संलग्न एक व्यक्तिले इरान समर्थित मिलिसिया समूहसँग सम्बन्ध राख्ने बताएको छन्।
अल-मोनिटर समाचार वेबसाइटका अनुसार पत्रकार शेली किटलसन मंगलबार साँझ अपहरणमा परेकी हुन्। इराकको गृह मन्त्रालयले जनाएको छ कि सुरक्षाकर्मीहरूले अपहरणकारीहरूको पछि लाग्दा एक अपहरणकारीको गाडी पल्टियो र एक संदिग्ध पक्राउ पर्यो।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले पक्राउ परेका मध्ये एक व्यक्तिको सम्बन्ध इरान-समर्थित मिलिसिया समूह कटाइब हिज्बोल्लाहसँग रहेको पुष्टि गरेका छन्।
अमेरिकी सहायक विदेश सचिव डिलन जोन्सनले पत्रकारको अपहरणको पुष्टि गर्दै किटलसनको नाम उल्लेख नगरी भने कि, विदेश मन्त्रालयले यस व्यक्तिलाई पहिला नै खतरा सम्बन्धी जानकारी गराएको थियो र हामी एफबीआईसँग समन्वय गर्दै छिट्टै मुक्त गराउन प्रयासरत छौं।
अमेरिकी अधिकारीहरूले किटलसनलाई खतरा सम्बन्धी पटक–पटक चेतावनी दिइसकेको जानकारी प्राप्त भएको छ, जसमा सोमबार रातसम्म पनि समावेश थियो।
अमेरिकी विदेश मन्त्रालयले बीबीसीलाई भनेको छ, गोपनीयता र अन्य कारणका लागि हालका लागि थप जानकारी उपलब्ध छैन। विविसीकाे समाचारमा उल्लेख गरिएकाे छ ।


















