२१ चैत,काठमाडौं । अबुधाबीस्थित अजबान क्षेत्रमा भएको आक्रमणमा ७ जना नेपाली घाइते भएका छन्।
घटनामा ५ जना भारतीय नागरिक पनि घाइते भएका छन् भने एक नेपालीको अवस्था गम्भीर रहेको बताइएको छ। सरकारी समाचार संस्था WAMका अनुसार औद्योगिक क्षेत्र नजिकै भएको उक्त घटनामा ड्रोनबाट खसेको भग्नावशेषका कारण सर्वसाधारण घाइते भएका हुन्।
सरकारी अधिकारीहरूले वायु रक्षा प्रणालीले अवरोध गरेको आक्रमणकारी साधनका टुक्रा खस्दा नेपाली र भारतीय नागरिक प्रभावित भएको जानकारी दिएका छन्।
यसअघि पनि संयुक्त अरब एमिरेट्समा यस्तै घटनाहरू भएका थिए। गत हप्ताको सुरुमा खलिफा आर्थिक क्षेत्र (केजाद) नजिकै वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गर्दा खसेको भग्नावशेषबाट ५ भारतीय घाइते भएका थिए।
त्यसअघि पनि अवरोध गरिएका क्षेप्यास्त्रका टुक्रा सडकमा खस्दा दुई जनाको मृत्यु भएको थियो, जसमा एक भारतीय नागरिक रहेका थिए।
पछिल्लो घटनाले यूएईमा सुरक्षा चुनौती बढ्दै गएको संकेत गरे


















