Logo

२३ चैत,काठमाडौं । इजरायली–अमेरिकी संयुक्त आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आईआरजीसी) का गुप्तचर प्रमुख माजिद खादेमी मारिएका छन्। आईआरजीसीले जारी गरेको विज्ञप्तिमा खादेमीको मृत्यु पुष्टि गरेको छ।

बीबीसीका अनुसार इजरायली रक्षामन्त्री इजरायल काट्ज र इजरायली रक्षा बल (आईडीएफ) ले खादेमीको हत्याको जिम्मेवारी लिएका छन्।

खादेमीले गएको वर्षको जुनमा भएको १२ दिने युद्धका क्रममा मोहम्मद काजेमी मारिएपछि आईआरजीसीको गुप्तचर प्रमुखको पद ग्रहण गरेका थिए। उनले यसअघि जनवरीमा भएका सरकार विरोधी प्रदर्शनमा अमेरिका, इजरायल र अन्य १० देशका जासुसी संस्थाहरूको भूमिका रहेको दाबी गरेका थिए।

फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि संयुक्त आक्रमण गर्दै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित कैयौँ वरिष्ठ अधिकारीहरूको हत्या गरेका थिए। त्यसयता अमेरिका र इजरायलले इरानी वरिष्ठ अधिकारीहरूको लक्ष्य बनाउँदै आएका छन्।


सम्बन्धित समाचार