Logo

५ वैशाख,काठमाडौं । भूतपूर्व सैनिक सम्मेलन–२०८२ अन्तर्गतको अन्तिम चरणको कार्यक्रम सम्पन्न भएको छ। शनिबार मध्यपूर्वी पृतनाअन्तर्गत रामेछापस्थित ब्यारेकमा सम्मेलन सकिएसँगै यस वर्षका सबै भूतपूर्व सैनिक सम्मेलनहरू सम्पन्न भएका छन्।

नेपाली सेना कल्याणकारी बोर्ड को समन्वय तथा संयोजनमा सञ्चालन हुने यो सम्मेलनमा नेपाली सेनामा कार्यरत, अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारलाई एकै ठाउँमा भेला गराई विभिन्न कार्यक्रम सञ्चालन गरिन्छ।

कार्यक्रममार्फत सेवारत र अवकाशप्राप्त सैनिकबीचको सम्बन्धलाई मजबुत बनाउने, साथै कल्याणकारी कोषको प्रभावकारी सञ्चालन र सेवाको गुणस्तर सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्य रहेको सेनाले जनाएको छ।

सम्मेलनमा सहभागीहरूले सेवा सुविधाको विस्तार, कल्याणकारी कार्यक्रमको प्रभावकारिता र भविष्यमा गर्नुपर्ने सुधारका विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए। सेनाका अनुसार यस प्रकारका सम्मेलनले संस्थागत सम्बन्ध सुदृढ बनाउन र व्यवहारिक नीतिगत सुधारका लागि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।


सम्बन्धित समाचार