Logo

११ वैशाख,वीरगञ्ज । पर्साको गण्डक नहर क्षेत्रमा वर्षौंदेखि अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले नहर किनारामा रहेका अस्थायी तथा स्थायी संरचना हटाउने अभियान अघि बढाउने जानकारी दिएको हो।

बीरगन्जको गण्डक चोकदेखि जानकी टोला इनर्वासम्म फैलिएको करिब २६ किलोमिटर क्षेत्रभित्र नहर किनारामा बनेका घर, टहरा तथा अन्य संरचनाहरू हटाइने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए।

उनका अनुसार आइतबारदेखि अतिक्रमित संरचना भत्काउने काम सुरु गरिनेछ। त्यसका लागि प्रशासन, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाबीच समन्वय गर्दै विशेष कार्ययोजना तयार गरिएको छ।

प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सहरी विकासका लागि अतिक्रमण हटाउने अभियानलाई प्राथमिकतामा राखिएको जनाएको छ।

स्थानीय प्रशासनले नहर क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित अभियान अघि बढाइने बताएको छ।


सम्बन्धित समाचार