Logo

११ वैशाख,काठमाडौँ । उपत्यकाका नदी किनारका सुकुमबासी बस्ती हटाउने सरकारी तयारीविरुद्ध प्रभावित स्थानीयहरू विरोधमा उत्रिएका छन्। डोजर चलाउने निर्णय तत्काल रोक्न माग गर्दै सुकुमबासीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका हुन्।

प्रदर्शनकारीहरूको सम्भावित चाप र तनावलाई मध्यनजर गर्दै पार्टी कार्यालय परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। सुरक्षा निकायले क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ।

सरकारी निर्देशनअनुसार बिहीबार साँझदेखि नै प्रभावित बस्ती क्षेत्रमा माइकिङ गर्दै खाली गर्न सूचना दिइएको छ। शुक्रबार साँझसम्म बस्ती खाली गर्न अन्तिम समय दिइएको बताइएको छ।

प्रशासनले शनिबार बिहानैदेखि डोजर परिचालन गरेर नदी किनारका संरचना हटाउने तयारी गरेको छ। यसअघि दिनभर पुनः माइकिङ जारी रहने जनाइएको छ।

सरकारी कदम र बस्ती हटाउने तयारीबीच राजधानीमा सुरक्षा र राजनीतिक चाप दुवै बढ्दै गएको देखिएको छ।


सम्बन्धित समाचार