Logo

११ वैशाख,काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्तीमा भएको प्रदर्शनका क्रममा सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन्।

सरकारले उपत्यकाका नदी किनारका सुकुमबासी बस्ती हटाउने तयारी गरेसँगै सो क्षेत्रमा विरोध प्रदर्शन भएको थियो। सोही क्रममा प्रहरीले परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका परियार २०७९ सालमा ज्यान मार्ने उद्योग र बैङ्किङ कसुर मुद्दामा फरार रहेका थिए। उनीमाथि अदालतमा विचाराधीन मुद्दासमेत रहेको जनाइएको छ।

प्रदर्शन चर्किन नदिन सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार