११ वैशाख,काठमाडौं । सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती हटाउने तयारी गरिरहेको बेला श्रम संस्कृति पार्टीका सांसद आरेन राई बस्तीको अवलोकनका लागि पुगेका छन्।
शुक्रबार थापाथली पुगेका सांसद राईले सुकुमबासी समुदायसँग भेट गरी उनीहरूको अवस्था र मागबारे जानकारी लिएका थिए। सोही क्रममा उनले सुकुमबासीको पक्षमा आफू सधैं उभिने बताएका छन्।
“सुकुमबासीको पक्षमा हामी हुनेछौं। हाम्रो पार्टी हुनेछ। अरू पार्टीको जिम्मा लिन सकिन्नँ,” सांसद राईले भने, “म सधैं सुकुमबासीको हकका लागि बोलिरहन्छु।”
सरकारले विकल्प बिना बस्ती हटाउन खोजेको भन्दै सुकुमबासीहरूले विरोध प्रदर्शन गरिरहेका छन्। यसबीच सांसद राईको बस्ती भ्रमणले राजनीतिक चासो थप बढाएको छ।

















