११ वैशाख,काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरिएको छ। निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा प्रक्रिया स्थगित गरिएको हो।
निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार दलको नेता चयनका लागि तय गरिएको निर्वाचन हाललाई रोकिएको छ र नयाँ मिति भने तोकिएको छैन।
यसअघि दलको नेता सहमतिबाट चयन गर्ने प्रयासस्वरूप उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो। समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’, सदस्य मुना भुसाल र राजु कटुवाल रहेका थिए।