११ वैशाख,काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन्।
संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
नियुक्तिपछि प्रतिक्रिया दिँदै महरले आफूलाई दिइएको जिम्मेवारीप्रति खुसी व्यक्त गरेका छन्। उनले पूर्ण निष्ठा र इमानदारिताका साथ जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाएका छन्।

















