Logo

११ वैशाख,वीरगञ्ज । सडक विस्तारका क्रममा घर तोडफोडबाट प्रभावित स्थानीयको पक्षमा आवाज उठाउँदै बिरगञ्ज बचाउ संघर्ष समितिले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ।

समितिको नेतृत्वमा निकालिएको विरोध जुलुस नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय पुगेको थियो। प्रदर्शनकारीहरूले “२०७२ को निर्णय कायम गर”, “हामीलाई सुकुम्बासी बनाउन पाइँदैन” र “महानगरपालिका मुर्दावाद” जस्ता नारा लगाउँदै उचित मुआब्जाको माग गरेका थिए।

समितिका अध्यक्ष जवाहर गुप्ताको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सडक विस्तारका नाममा गरिएको घर तोडफोडप्रति आपत्ति जनाएको छ। उनीहरूले प्रभावित घरधनीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

समितिले पीडितहरूको समस्या तत्काल सम्बोधन गर्न र विगतका निर्णय कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। साथै, माग सम्बोधन नभए आन्दोलन अझ सशक्त बनाउने चेतावनीसमेत दिएको छ।


सम्बन्धित समाचार