Logo

 ११ वैशाख,काठमाडौं ।  सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार अध्ययनका लागि इजरायल गएका जोशी गाजामा भएको घटनामा परी मृत्यु भएका थिए। “उहाँको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ,” प्रवक्ता पोखरेलले भने।

यसअघि सरकारले मन्त्रिपरिषद्का मुख्य निर्णयहरू मात्र सार्वजनिक गर्दै आएको थियो। तर यसपटक भने हालसम्मका निर्णयहरू एकैपटक सार्वजनिक गरिएको छ।


सम्बन्धित समाचार