Logo

 ११ वैशाख,काठमाडौं ।  सरकारले हङकङस्थित नेपाली महावाणिज्य दूतावासमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

सरकारले डा. लेखकलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको पनि प्रवक्ता पोखरेलले बताए।


सम्बन्धित समाचार