Logo

११ वैशाख,काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्नो सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रबन्ध सञ्चालक तथा कार्यकारी प्रमुख प्रवीण पन्दाकलाई पदबाट फिर्ता बोलाएको छ।

शुक्रबार बसेको नेप्से सञ्चालक समितिको बैठकले उनलाई सीडीएससीको जिम्मेवारीबाट हटाई पुनः नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको हो। नेप्से सञ्चालक समितिका एक सदस्यका अनुसार उनको स्थानमा नयाँ प्रतिनिधि पठाउने तयारी भइरहेको छ।

सीडीएससीको प्रमुख पद २०८१ भदौ ७ गते तत्कालीन प्रमुख पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि खाली भएको थियो। त्यसपछि चार महिनापछि २०८१ पुस १४ गते प्रवीण पन्दाकलाई कार्यकारी प्रमुखमा नियुक्त गरिएको थियो।

पन्दाकको नियुक्ति सुरुदेखि नै विवादित रहँदै आएको थियो। पछिल्लो समय उनीमाथि अन्तर्राष्ट्रिय सेक्युरिटीज आइडेन्टिफिकेशन नम्बर (ISIN) सम्बन्धी प्रक्रियामा विवाद उत्पन्न गरेको आरोप समेत लागेको छ।

नेप्सेको निर्णयसँगै सीडीएससीमा नेतृत्व परिवर्तन हुने भएको छ भने नयाँ नियुक्तिबारे औपचारिक प्रक्रिया अघि बढाइने बताइएको छ।


सम्बन्धित समाचार