Logo

१२ वैशाख,काठमाडौं । सरकारले शनिबार बिहानदेखि काठमाडौंका सुकुमवासी बस्तीमा बनेका अस्थायी संरचनाहरू हटाउने अभियान सुरु गरेको छ। थापाथलीस्थित बागमती नदी किनारबाट डोजरमार्फत संरचना भत्काउने कार्य अघि बढाइएको हो।

सरकारले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरेको जनाएको छ। सोहीअनुसार बस्ती खाली गराउने तथा स्थानान्तरण गर्ने काम जारी रहेको छ।

यसैबीच, सुरक्षामा खटिएका महानगर प्रहरीको टोलीले बस्ती बाहिर रहेका सर्वसाधारण तथा स्थानान्तरण कार्यमा संलग्न सुरक्षाकर्मीहरूलाई पानी वितरण गरिरहेको छ। विशेषगरी स्थलमै खटिएका प्रहरीहरूलाई सहजता होस् भन्ने उद्देश्यले नगर प्रहरीले खानेपानी उपलब्ध गराएको हो।

थापाथली आसपासका सुकुमवासी बस्तीका स्थानीय तथा अन्य प्रभावित व्यक्तिहरूलाई पनि पानी वितरण गरिएको जनाइएको छ।

बस्ती हटाउने तथा व्यवस्थापनको कामसँगै मानवीय सहयोगका गतिविधिहरू पनि सञ्चालन भइरहेका छन्।


सम्बन्धित समाचार
भर्खरै