१२ वैशाख,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुशील कुमार कानु आफ्नै गृह वडामा सम्मानित भएका छन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा शनिबार आयोजित कार्यक्रममा सांसद कानुलाई वडा जनप्रतिनिधिहरूले सम्मान गरेका हुन्।
कार्यक्रममा कार्यवाहक वडाध्यक्ष सन्तोष जैसी, वडा सदस्यहरू प्रभु महतो, मिश्रादेवी नगरकोटी र प्रमिला देवी तथा वडा कार्यालयका सचिव पवन प्रधानले सांसद कानुलाई दोशल्ला ओढाएर प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका थिए।
सम्मान ग्रहणपछि सांसद कानुले आफ्नै गृह वडा र यहाँका जनप्रतिनिधिबाट सम्मान पाउँदा आफू गौरवान्वित भएको प्रतिक्रिया दिए। उनले वडाको विकास निर्माण र सेवाका लागि सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यवाहक वडाध्यक्ष जैसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री विनोद गिरी, घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष कानु, पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष गुप्ता लगायतको उपस्थिति रहेको थियो।