Logo

१२ वैशाख,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुङ्गास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत गर्न नआएको भन्दै थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सार्वजनिक रूपमा आत्मालोचना गरेका छन्।

घटनाबारे प्रतिक्रिया दिँदै उनले आज विज्ञप्ति जारी गर्दै आफ्नो व्यवहारप्रति क्षमायाचना गरेका हुन्। पोखरेलले सार्वजनिक जीवनमा रहँदा आफ्नो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्ने स्वीकार गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, “यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो। मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु।”

सांसद पोखरेलले घटनाको समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्य मात्र काटछाँट गरी सामाजिक सञ्जालमा भाइरल बनाइएको दाबी पनि गरेका छन्। साथै उनले आफू जनताको सेवा गर्न राजनीतिमा आएको उल्लेख गरेका छन्।


सम्बन्धित समाचार