Logo

१९ वैशाख,काठमाडौं । रामचन्द्र पौडेल ले थप तीन वटा अध्यादेश जारी गरेका छन्। जारी गरिएका अध्यादेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३ रहेका छन्।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ समेत जारी गरिसकेका छन्। राष्ट्रपति कार्यालय का प्रवक्ता रितेशकुमार शाक्यका अनुसार यी अध्यादेशहरू संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरिएको हो।

राष्ट्रपति पौडेलले यसअघि सहकारी र खरिदसम्बन्धी अध्यादेश पनि जारी गरिसकेका छन् भने सरकारले थप केही अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको छ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने हालसम्म जारी भएको छैन। राष्ट्रपति कार्यालय स्रोतका अनुसार उक्त अध्यादेशमाथि राष्ट्रपतिले अध्ययन गरिरहेका छन्। यस सन्दर्भमा उनले केही कानुनविद्हरूसँग शीतलनिवासमा छलफल समेत गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार शुक्रबार र शनिबार भएका निर्णयहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश समावेश नभएको पुष्टि गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै