Logo

१ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमाथि लगाउँदै आएको निलम्बन अन्ततः फुकुवा गरेको छ ।

गत चैत ११ गते खेलकुद विकास ऐनको उल्लंघन गरेको आरोपमा गरिएको उक्त कारबाही शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारीबीचको वार्तापछि टुङ्गिएको हो । एन्फाले आगामी दिनमा ऐनको पूर्ण पालना गर्ने र राखेपको निर्देशनलाई आत्मसाथ गर्ने प्रतिबद्धता जनाएपछि दुई महिना लामो गतिरोध अन्त्य भएको छ ।

यो निर्णयसँगै फुटबल संघको प्रशासनिक शून्यता हटेको छ भने रोकिएका खेल गतिविधिहरू पुनः सुचारु हुने बाटो खुलेको छ । फुटबल प्रेमीहरूले यसलाई खेल क्षेत्रमा सुशासन र आपसी समझदारीको सुरुवातका रूपमा लिएका छन् ।


सम्बन्धित समाचार