Logo

२ जेठ,वीरगञ्ज ।  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्दै जानकी मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यसहित ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ।

शनिबार जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको सम्पदा यात्रा विभिन्न सम्पदास्थलको परिक्रमा गर्दै महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा पुगेर सम्पन्न भएको हो।

यात्राका क्रममा पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगज्जा पोखरी, राम मन्दिर, धनुष सागर तथा गंगासागरलगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूको बाजागाजासहित पदयात्रा गरिएको थियो।

कार्यक्रम आयोजकका अनुसार सम्पदा संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन र जानकी मन्दिरलाई अन्तर्राष्ट्रिय स्तरमा विश्व सम्पदा सूचीमा समावेश गराउने अभियानलाई बल पुर्‍याउन यो यात्रा आयोजना गरिएको हो।

पदयात्रामा स्थानीयवासी, युवा, विद्यार्थी, संस्कृति संरक्षणकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


सम्बन्धित समाचार