Logo

५ जेठ, काठमाडौं । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका नवनियुक्त प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार डा. शर्माको शपथ ग्रहण समारोह आज साँझ ६ बजेर १० मिनेटका लागि तय गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति समक्ष शपथ लिएलगत्तै उनले आजै सर्वोच्च अदालत पुगेर आफ्नो कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ । मंगलबार नै संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी समितिबाट अनुमोदन भएपछि उनको नियुक्तिको बाटो खुलेको हो ।

न्यायालयको सर्वोच्च कमाण्ड सम्हाल्न लागेका डा. शर्माले पदभार ग्रहण गरेसँगै सर्वोच्च अदालतले नयाँ नेतृत्व पाएको छ । उनको आगमनसँगै न्याय सम्पादनमा रहेका चुनौतीहरूको समाधान र न्यायालयप्रतिको जनआस्था अभिवृद्धिमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।

 


सम्बन्धित समाचार