६ जेठ,काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल मा डीएसपीदेखि एआईजी दर्जासम्म व्यापक बढुवा सिफारिस गरिएको छ । विभिन्न समूह तथा प्राविधिकतर्फका अधिकृतहरू बढुवाका लागि सिफारिस भएका हुन् ।
डीआईजी अञ्जनी कुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस भएका छन् ।
साधारण समूहका एसएसपी राजेन्द्र खड्का डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । उनी डीआईजीमा सिफारिस भएपछि सोही समूहका एसपी सञ्जय भट्टराई एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।
कानून समूहका एएसएसपी युवराज अर्याल डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । अर्याल डीआईजीमा सिफारिस भएपछि कानून समूहकै एसपी छविलाल पाण्डे एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।
प्राविधिक सञ्चारतर्फ इन्जिनियरिङ समूहका डीएसपीहरू सौरभराज वन्त, ज्ञानेन्द्र राजभण्डारी र अजित मास्के एसपी बढुवाका लागि सिफारिस भएका छन् ।
लेखा समूहतर्फका इन्स्पेक्टर विजय कुमार केसी र विकाश थापा डीएसपी बढुवामा सिफारिस भएका छन् ।
प्राविधिक स्वास्थ्य समूहतर्फका डीएसपी डा. स्वेता श्रेष्ठ र डा. उत्तम कार्की एसपी बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै साधारण समूहका डीएसपी राजकुमार ढकाल र गणेशबहादुर मल्ल पनि एसपी बढुवाका लागि सिफारिस भएका छन् ।

















