Logo

८ जेठ,वीरगञ्ज ।  पर्सा प्रहरीले लेखापढी व्यवसायी तथा शुभ लाभ लेखापढीका सञ्चालक ओमप्रकाश यादवलाई पक्राउ गरेको छ। मालपोत कार्यालय पर्साको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार यादवलाई घटनासम्बन्धी सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

“अनुसन्धानका क्रममा संलग्नता नदेखिए आजै रिहा गरिनेछ भने संलग्नता पुष्टि भए कानुनी प्रक्रिया अनुसार म्याद थप गरी अनुसन्धान अगाडि बढाइनेछ,” प्रवक्ता बस्नेतले बताए।

केही महिनाअघि शुभ लाभ लेखापढीका सञ्चालक यादवले मालपोत कार्यालय पर्सासँग सम्बन्धित एक अडियो संवाद सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको थियो। उक्त अडियो सार्वजनिक भएसँगै मालपोत कार्यालय पर्साका प्रमुख खेमराज र यादवबीच विवाद चर्किएको बताइएको छ।

प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको जनाएको छ।


सम्बन्धित समाचार