८ जेठ,सिरहा । लहान नगरपालिका–१३ घलेटोलस्थित मुसहर बस्तीका अतिविपन्न २० परिवारलाई नयाँ सुरक्षित घर हस्तान्तरण गरिएको छ। लहान नगरपालिका, ह्याबिट्याट फर ह्युमानिटी नेपाल र भवानी एकीकृत विकास केन्द्रको त्रिपक्षीय साझेदारीमा निर्माण भएका ती घर एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो।

















