११ जेठ, काठमाडौँ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले केसीलाई आगामी ४ वर्षका लागि बैंकको नेतृत्व सम्हाल्ने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सीईओ केसीको कार्यकाल आज अर्थात् जेठ ११ गते सोमबारदेखि नै लागू भएको छ । बैंकिङ क्षेत्रमा लामो अनुभव सँगालेका केसी यसअघि सोही बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) को रूपमा कार्यरत थिए ।
बैंककै आन्तरिक व्यवस्थापन र सञ्चालनमा अनुभवी रहेका केसीको नेतृत्वले आगामी दिनमा बैंकको व्यावसायिक साख र वित्तीय अवस्थालाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ ।

















