११ जेठ, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
सोमबार दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठकमा सरकारको नियमित कार्यसूचीका साथै मुलुकको पछिल्लो राजनीतिक तथा प्रशासनिक घटनाक्रमबारे छलफल हुनेछ ।
लामो समयदेखि अनिर्णित बनेका कतिपय महत्त्वपूर्ण नीतिगत निर्णयहरू र चालु आर्थिक वर्षका बाँकी योजनाहरूलाई गति दिन यो बैठक केन्द्रित हुने अनुमान गरिएको छ ।
प्रधानमन्त्री शाहले सरकारको कार्यसम्पादनलाई थप चुस्त र परिणाममुखी बनाउन मन्त्रीहरूलाई निर्देशन दिने कार्यसूची समेत रहेको बुझिएको छ । बैठकमा लिइने निर्णयहरू सार्वजनिक गर्नका लागि साँझ सरकारका प्रवक्तामार्फत औपचारिक जानकारी गराइने सचिवालयले जनाएको छ ।


















