Logo

१५ जेड, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि गणतन्त्र दिवस–२०८३ को मूल समारोहमा सहभागी हुन सकेनन् ।

आज बिहान सैनिक मञ्च, टुँडीखेलमा आयोजित गणतन्त्र दिवसको विशेष समारोहमा उनी अनुपस्थित रहेका हुन् । संयोजक दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले उनलाई ज्वरो आएको बताए ।

‘उहाँलाई हिजोदेखि नै स्वास्थ्यमा केही असहज महसुस भइरहेको थियो। राति ज्वरो बढेपछि चिकित्सकहरूले उहाँलाई पूर्ण आराम गर्न सल्लाह दिनुभएकाले उहाँ निवासमै आराम गरिरहनुभएको छ,’ आचार्यले भने। स्वास्थ्य प्रतिकूलताका कारण उनी आजका पूर्वनिर्धारित कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेका हुन् ।


सम्बन्धित समाचार