Logo

१५ जेठ,काठमाडौं । सरकारले पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने व्यवस्था गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले यस्तो घोषणा गरेका हुन्।

बजेटमार्फत शेयर तथा अन्य पुँजीगत सम्पत्तिको कारोबारबाट उठ्ने पुँजीगत लाभकर अब अन्तिम करका रूपमा गणना हुने व्यवस्था गरिएको हो।

सरकारको यो निर्णयपछि पुँजी बजार तथा लगानी क्षेत्रलाई थप सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस व्यवस्थाले लगानीकर्तालाई कर प्रणालीबारे स्पष्टता दिनुका साथै दोहोरो करसम्बन्धी अन्योल कम हुने विश्वास गरिएको छ।


सम्बन्धित समाचार