Logo

२२ जेठ, काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि लागेका विभिन्न आरोपहरूको छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको छ ।

पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले लामो समयको अनुसन्धान र गुरुङको बयानसमेत लिई ४५ पृष्ठ लामो प्रतिवेदन तयार पारेको हो । व्यवसायी दीपक भट्टसँगको शंकास्पद साझेदारी, सम्पत्ति विवरणमा सेयर लुकाएको तथा पदको दुरुपयोग गरेको जस्ता गम्भीर आरोप लागेपछि गुरुङले गत वैशाख ९ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।

आफूमाथि लागेका प्रश्नहरूको निष्पक्ष छानबिन होस् भन्ने अभिप्रायले पद त्याग गरेका गुरुङको सम्पत्ति विवरण र व्यावसायिक संलग्नतालाई समितिले सुक्ष्म रूपमा केलाएको छ ।

मन्त्रिपरिषद्को निर्णयबाट गठित उक्त समितिले आफ्नो कार्यभार सफलतापूर्वक सम्पन्न गरेसँगै अब उक्त प्रतिवेदनको निष्कर्षका आधारमा गुरुङको आगामी राजनीतिक भविष्य वा उनी पुनःमन्त्री बन्ने सम्भावनाको बाटो खुल्ने वा नखुल्ने भन्नेबारे चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार