Logo

सङ्घीय संसद भवन सिंहदरबारमा आज बसेको राष्ट्रियसभा बैठकमा सहभागी सांसदहरू । तस्बिर: किरणराज बिष्ट / रासस

१९ असार, काठमाडौं । प्राविधिक त्रुटिका कारण राष्ट्रिय सभाको शुक्रबारको बैठक प्रभावित भएको छ ।

बैठक सञ्चालन भएको केही समयमै सभाको ‘लाइभ अडियो’मा समस्या देखिएपछि कारबाही अघि बढाउन कठिनाइ उत्पन्न भएको थियो । अडियो नसुनिने समस्याका बाबजुद अध्यक्ष नारायणप्रसाद दाहालले केही समय बैठक सञ्चालन गर्ने प्रयास गरे पनि प्राविधिक समस्या समाधान नभएपछि उनले बैठक २० मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन् ।

आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफलको कार्यसूची तय गरिएको थियो । बैठक सुरु भएसँगै प्राविधिक पक्षमा आएको यस समस्याले निर्धारित छलफललाई केही समयका लागि अवरुद्ध बनाएको छ। हाल प्राविधिक टोलीले उक्त समस्या समाधानका लागि कार्य गरिरहेको जनाइएको छ ।


सम्बन्धित समाचार