Logo

१९ असार, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक शक्ति सन्तुलन र विवादका विषयमा छलफल गर्न देउवा समूहका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको यस उच्चस्तरीय बैठकमा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’ र डा.शशांक कोइराला लगायतका प्रभावशाली नेताहरूको उपस्थिति रहेको छ । बैठकमा रमेश लेखक, एनपी साउद, डा.प्रकाशशरण महत र मीनबहादुर विश्वकर्मालगायतका नेताहरूले पनि सहभागिता जनाएका छन् ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएको यो समूह हाल पार्टीको मूल सत्ताभन्दा बाहिर छ । यसअघि सातवटै प्रदेशमा आफ्नो पक्षको भेला गरिसकेको यो समूहले अबका दिनमा कसरी अघि बढ्ने भन्ने रणनीति तयार गरिरहेको छ ।

पार्टीभित्रको आन्तरिक विवादलाई सम्बोधन गर्न र भावी कार्यदिशा तय गर्नका लागि यस समूहले छिट्टै राष्ट्रिय भेला बोलाउने विषयमा पनि गम्भीर परामर्श गरिरहेको बुझिएको छ ।


सम्बन्धित समाचार