Logo

२२ असार,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–३ जमुनिया गाउँ प्रवेश गर्ने स्थानमा नवनिर्मित पक्की प्रवेशद्वार (गेट) को सोमबार उद्घाटन गरिएको छ।

पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं पूर्व सांसद रमेश रिजालले उक्त प्रवेशद्वारको समुद्घाटन गरेका हुन्।

जगरनाथपुर गाउँपालिकाको नगरस्तरीय बजेटबाट २२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको प्रवेशद्वार औपचारिक रूपमा उद्घाटन गरिएको हो।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्षहरू सुभाष यादव, लक्ष्मी साह तेली, नेपाली कुशवाहा, बिहारी नुनिया लगायत स्थानीय अगुवा तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय तहको पूर्वाधार विकासले गाउँको पहिचान र सौन्दर्यकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।


सम्बन्धित समाचार