Logo

 २७ असार,काठमाडौं । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या चार हजार नाघेको छ। भेनेजुएला सरकारले जुन २४ मा आएको भूकम्पका कारण ४ हजार ११८ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राममार्फत दिएको जानकारीअनुसार भूकम्पमा परी १६ हजार ७४० जना घाइते भएका छन्। भूकम्पबाट तटीय राज्य ला गुइराका सबै जिल्ला प्रभावित भएका छन्।

रोड्रिगेजका अनुसार अझै हजारौँ मानिस बेपत्ता छन् र खोज तथा उद्धार कार्य जारी छ। यद्यपि उद्धार टोलीले भग्नावशेषमा जीवित व्यक्ति भेटिने सम्भावना न्यून रहेको जनाएको छ। तर आफन्तहरूले आफ्ना परिवारका सदस्यलाई सम्मानजनक अन्त्येष्टि गर्न पाउने आशामा भग्नावशेषमा खोजी जारी राखेका छन्।

पछिल्लो समय भेनेजुएला भूकम्पीय जोखिमसँग जुधिरहेको छ। लामो समयदेखि जारी आर्थिक संकटका कारण देशको सार्वजनिक सेवा प्रणाली कमजोर बनेको बताइएको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघले भेनेजुएलामा भूकम्प राहत तथा पुनर्स्थापनाका लागि करिब ३० करोड अमेरिकी डलर बराबरको आपत्कालीन सहयोग अपिल गरेको छ।

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले विदेशमा रोक्का राखिएका देशका सम्पत्ति फिर्ता गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छन्।


सम्बन्धित समाचार