२८ असार, काठमाडौं । मधेस प्रदेशमा आगामी आर्थिक बजेट विवाद समाधानका लागि कार्यदल गठन गरिने भएको छ ।
प्रदेशका सभामुख राम अशिष यादवले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा अन्य समसामयिक विषयमा उत्पन्न समस्याहरू समाधानका लागि भन्दै एक विशेष संसदीय कार्यदल गठनको घोषणा गर्नुभएको हो ।
आइतबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा देखिएका गतिरोध र बजेट कार्यान्वयनमा आइपर्ने कानुनी तथा व्यावहारिक जटिलताहरूलाई सुल्झाउन सभामुख यादवले सो कार्यदल गठनको घोषणा गरिएको उहाँको भनाई छ।
कार्यदलमा सात जना सांसदहरु रहेका छन्। जसमा उपेन्द्र महतो, हरिन्द्र नारायण महतो, प्रमोद कुमार यादव, सन्जय कुमार यादव, बिमला अन्सारी खानम, सरिता कुमारी झालगायत रहेका छन्।
यो समितिले आजैका मितिदेखि आफ्नो कार्य प्रारम्भ गर्ने र आवश्यकता अनुसार आफ्नै कार्यविधि बनाई अगाडि बढ्ने अधिकार पाएको छ।
समितिको कामलाई थप प्रभावकारी र सहज बनाउनका लागि सभामुख यादवले मधेस प्रदेश सभा नियमावली २०८२ को नियम १३५ को उपनियम २ र ३ निलम्बन गर्ने प्रस्ताव पेश गर्न रवीन्द्र श्रेष्ठलाई अनुमति समेत दिनुभएको छ ।



















