Logo

२८ असार, काठमाडौं । अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ ।

उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी छिन् । मंगलबार उनको सफल शल्यक्रिया भएको पारिवारिक स्रोतले जनाएको छ ।

शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ । करिब डेढ हप्ता अगाडि ढाड दुखाइको सिकायत लिएर दिपाश्री अस्पताल गएकी थिइन् ।

चिकित्सकले विस्तृत स्वास्थ्य परिक्षण गर्दा ब्रेन ट्यूमर देखिएको हो ।


सम्बन्धित समाचार