२८ असार, काठमाडौं । राजावादी अभियन्त्ता तथा व्यवसायी दुर्गा प्रसाईँले वालेन्द्र शाह नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने भविष्यवाणी गरेका छन् ।
झापाबाट काठमाडौं आउनासाथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिई घरमा लगेर छाडेका प्रसाईँले घरमै पत्रकार सम्मेलन गरी यो जिकिर गरेका हुन् ।
उनले सरकार जुन बाटो आएको त्यही बाटो जाने दाबी समेत व्यक्त गरेका छन् ।उनले आफू भँडुवा भन्दै सरकारले धरपकड गरिरहेको र फसाउन लागिरहेको भन्दै त्यो सफल नहुने बताएका छन् ।
उनले यो व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर मर्ने बनाएको भन्दै आफूहरूले गरी खान देऊमात्र भनेको बताएका छन् ।



















