२८ असार, काठमाडौं । मेडिकल कलेजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत श्रद्धा अधिकारीले ‘मिस नेपाल २०२६’ को स्पोर्ट्स राउन्डमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको अन्तिम १२ मा आफ्नो स्थान सुरक्षित गरेकी छन् ।
चिकित्सा शिक्षाको कडा अध्ययनका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएकी श्रद्धाले मिस नेपालको मञ्चलाई केवल एक सौन्दर्य प्रतियोगिता मात्र नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने बलियो माध्यमका रूपमा लिएको बताएकी छन् ।
उनले विशेषगरी महिला, बालबालिका तथा विस्थापित सुकुम्बासी समुदायको स्वास्थ्य, सम्मान र आधारभूत सेवामा पहुँच विस्तारका लागि आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत जनाएकी छन् ।
समर्थकहरूसँग मतदानको अपिल
उत्कृष्ट १२ सम्मको यात्रामा निरन्तर साथ, माया र विश्वास व्यक्त गर्ने सम्पूर्ण समर्थकहरूप्रति श्रद्धाले हार्दिक कृतज्ञता व्यक्त गरेकी छन् ।
प्रतियोगिताको आगामी चरणहरूमा सार्वजनिक मत (पब्लिक भोटिङ) को भूमिका निकै महत्त्वपूर्ण रहने भएकाले, उनले डिजिटल माध्यमबाट मतदान गरी आफूलाई अगाडि बढाउन सबैमा आग्रह गरेकी छन् ।
उनका अनुसार, समर्थकहरूले मोबाइल बैंकिङ एपमा उपलब्ध क्युआर कोड स्क्यान गरी प्रतिभोट १० रुपैयाँका दरले सजिलै मतदान गर्न सक्नेछन् ।
आफ्नो परिवार, साथीभाइ र आफन्तमाझ पनि मतदान सम्बन्धी जानकारी साझा गरेर सहयोग गरिदिन उनले अनुरोध गरेकी छन् ।
प्रत्येक मतले आफूलाई थप ऊर्जा, आत्मविश्वास र अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा प्रदान गर्ने भन्दै श्रद्धाले समर्थकहरूको यो साथले मिस नेपालको यात्रालाई थप अर्थपूर्ण बनाउने विश्वास व्यक्त गरेकी छन् ।



















